जोडिनुहोस
  • होमपेज
  • कुशलको सानदार शतकमा ओमानलाई ३११ रनको लक्ष्य

कुशलको सानदार शतकमा ओमानलाई ३११ रनको लक्ष्य

काठमाडौं । आफ्नो ५० औं एकदिवसीय अन्तराष्ट्रिय(ओडिआई) खेलमा नेपालले ओमानलाई जितका लागि ३ सय ११ रनको लक्ष्य दिएको छ ।एसीयन क्रिकेट काउन्सिल(एसीसी) प्रिमियर कपमा आफ्नो दोस्रो खेलमा नेपालले ३ सय १० रन बनाएको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३ सय १० रन बनाएको हो ।

नेपालका लागि अलराउन्डर कुशल मल्लले ६४ बलमा ९ चौका र १० छक्काको सहयोगमा १ सय ८ रनको शतकीय ईनिङ खेले । उनले ५९ आफ्नो शतक पूरा गरेका थिए ।

सुरुआत राम्रो हुन नसकेको नेपालका मध्येक्रमका ब्याटरहरुले राम्रो साझेदारी गरेर नेपाललाई बलियो स्थितिमा पुर्याएका थिए । टिमको स्कोर शुन्य रनमा रहँदा दुवै ओपनरलाई गुमाएको नेपालले २८ औं बलमा रनको खाता खोलेको थियो ।

तेस्रो विकेटका लागि कप्तान रोहित कुमार पौडेल र भिम सार्कीले ५४ रनको साझेदारी गरेका थिए । कप्तान रोहितले २३ रन बनाउँदा भिम ३३ रनमा आउट भए ।

पाँचौ विकेटका लागि कुशल मल्ल र आरिफ शेखले ७५ रनको साझेदारी गरेका थिए । आरिफ २९ रन बनाउँदै आउट भएका थिए ।

सोमपाल कामीले ४८ बलमा ६३ रनको अविजित अर्धशतकीय ईनिङ खेले । सोमपाल कामीले ४९ बलमा ७ चौकाको सहयोगमा अर्धशतक बनाएका थिए ।

करण केसीले १५ बलमा २९ रन बनाउँदै अविजित रहे । ओमानका लागि आयान खानले २ तथा बिलाल खान,कलिमुल्लाह खान,जिशान मकशुद,फायाज बट र जतिन्दर सिंहले समान १/१ विकेट लिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका