जोडिनुहोस
  • होमपेज
  • भारतको नयाँ दिल्लीको एक अदालतमा परिसरमा गोली हानी महिलाको हत्या

भारतको नयाँ दिल्लीको एक अदालतमा परिसरमा गोली हानी महिलाको हत्या

नयाँदिल्ली – दिल्लीको एक अदालतमा एक महिलाको गोली हानी हत्या गरिएको छ । अदालत परिसरमा भएको गोली लागेर ४२ बर्षिया राधा नाम गरेकी महिलाको मृत्यु भएको हो ।

उनी माथि ४–५ गोली हानिएको थियो भने उनलाई अस्पताल लैजाने क्रममा उनको निधन भएको भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन् ।
ती महिला माथि बिहान १०:३० बजे ४–५ राउण्ड गोली हानिएको थियो भने उनको पेट र हातमा तीनवटा गोली लागेको छ । गोली लागेर एक वकिल पनि घाइते भएका छन् । सो गोली हाने पछि आक्रमणकारी क्यान्टिनको गेटबाट भागेका थिए ।

वकिलको भेषमा आएका आक्रमणकारीले महिलालाई ताकेर गोली हानी हत्या गरेका हुन्। कडा सुरक्षाबीच गोली चलेपछि यहाँ भागभाग मच्चिएको थियो । अदालत परिसरमा भिडभाड भएको समयमा नै ती आक्रमणकारी भित्र प्रवेश गरेको बताइएको छ।

आरोपित महिला विरुद्ध ठगी मुद्दा दायर भएको थियो । आज उनको सुनवाइ थियो । अदालत भित्र दिन दहाडै गोली हानिएको घटनालाई लिएर दिल्ली प्रहरीको सुरक्षा संयन्त्र माथि प्रश्न उठाइएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले यस घटनालाई लिएर सुरक्षा व्यवस्थालाई लिएर केन्द्र सरकार माथि प्रश्न उठाएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका