जोडिनुहोस
  • होमपेज
  • कोरोना संक्रमणबाट एक जनाको मृत्यु, १०६ जनामा संक्रमण पुष्टि

कोरोना संक्रमणबाट एक जनाको मृत्यु, १०६ जनामा संक्रमण पुष्टि

काठमाडौ । कोरोना संक्रमणबाट थप एक जनाको मृत्‍यु भएको छ । पछिल्लो २४ घण्टामा थप एकजनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार शुक्राबार मात्रै थप १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ८८३ नमुनामध्‍ये ५८१ जनाको पीसीआर परीक्षण गर्दा ६४ जना र १ हजार ३०२ जनाको एन्टीजेन परीक्षण गर्दा ४२ जना गरी १०६ जनामा कोरोना संक्रमण देखिएको हो ।

यस्तै कोरोना संक्रिय संक्रमितको संख्या ४१४ पुगेको छ भने संस्थागत आईशोलेशनमा २५ जना, आईसीयूमा ७ जना र भेन्टिलेटरमा ३ जना उपचाररत छन् ।

संक्रमण दिनप्रतिदिन बढ्दै गएपछि स्वास्थ्य मन्त्रालयले कोरोनाविरुद्धको बुस्टर डोज लगाउन सबैमा आग्रह गरेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका