जोडिनुहोस
  • होमपेज
  • दक्षिण कोरियाको उत्पादक मूल्य बढ्यो

अन्तर्राष्ट्रिय

दक्षिण कोरियाको उत्पादक मूल्य बढ्यो

दक्षिण कोरियाको उत्पादक मूल्य बढ्यो

सियोल । दक्षिण कोरियाली आपूर्तिकर्ताहरूबीचको वस्तु तथा सेवाको मूल्य उच्च सेवा मूल्यका कारण लगातार तेस्रो महिना पनि बढेको छ । केन्द्रीय बैंकको तथ्याङ्कले शुक्रबार यस्तो प्रतिवेदन सार्वजनिक गरेको हो ।

उत्पादक मूल्य सूचकाङ्क (पीपीआई) एक महिना अघिको मार्चमा ०.१ प्रतिशतले बढेको थियो भने फेब्रुअरीमा ०.२ प्रतिशत र जनवरीमा ०.४ प्रतिशतले बढेको बैंक अफ कोरिया (बीओके) ले जनाएको छ ।

कोभिड–१९ महामारी विरूद्ध बिभिन्न किसमका नियन्त्रणात्मक उपायहरू अपनाइएका कारणले गर्दा भोजनालय र आवास सेवाका क्षेत्रका उच्च मूल्यमा आपूर्तिकर्ताहरू बीचको सेवा मूल्य गत महिना ०.१ प्रतिशतले बढेको बैङ्कले जनाएको छ । यसैगरी महङ्गा खालका रासायनिक उत्पादनहरूमा औद्योगिक उत्पादनहरूको मूल्य ०.२ प्रतिशतले बढेको पनि बताइएको छ ।

यद्यपि कृषि, पशुपालन र माछापालन उत्पादनहरूको मूल्य ०.९ प्रतिशतले घटेको छ । बिजुली, प्राकृतिक ग्यास र धाराको पानीको उत्पादक मूल्य एक महिना अघिको तुलनामा मार्चमा ०.४ प्रतिशतले घटेको पनि प्रतिवेदनले उल्लेख गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका