जोडिनुहोस
  • होमपेज
  • चेन्नईले सनराइजर्सलाई हरायो

चेन्नईले सनराइजर्सलाई हरायो

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत चेन्नई सुपरकिंग्सले सनराइजर्स हैदरावादलाई ७ विकेटले पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा सनराइजर्सले दिएको १३५ रनको लक्ष्य पछाएको चेन्नईले १८।४ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

चेन्नईको जितमा डेभोन कोनवेले सर्बाधिक ७७ रन बनाए भने रुतुराज गायकवाडले ३५ रन बनाएका थिए । त्यस्तै आजिख्य रहाने र अम्बाती रायाडूले ९(९ तथा मोइन अलीले ६ रन बनाए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको सनराइजर्स हैदरावादले २० ओभरमा ७ विकेट गुमाउदै १३४ रन बनाएको थियो ।

सनराइजर्सका लागि अभिषेक शर्माले सर्बाधिक ३४ रन बनाए भने राहुल त्रिपाठीले २१, ह्यारी ब्रुकले १८, कप्तान एडेन मार्क्रमले १२ हेइनरिच क्लासेन र मार्को जानसेनले १७.१७ रन बनाएका थिए ।

त्यसैगरी चेन्नईका बलर रविन्द्र जडेजाले ३ विकेट लिए भने आकाश सिंह, महीश थीकशना र मथीशा पाथिरानाले एक एक विकेट लिएका थिए ।

यो जितसँगै चेन्नईले ६ खेलमा ८ अंक हासिल गर्दै तेस्रो स्थानमा उक्लिएको छ भने सनराइजर्सको ६ खेलमा २ जित र ४ हारसहित ४ अंक रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका