जोडिनुहोस
  • होमपेज
  • राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थामा सुधार

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थामा सुधार

काठमाडौँ ।भारतको नयाँदिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थामा क्रमिक सुधार भइरहेको छ । उहाँको उपचारमा संलग्न सम्बन्धित चिकित्सकले आज सो जानकारी दिनुभएको नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ ।

उहाँको स्वास्थ्योपचार बुधबारदेखि तेस्रो दिन पनि नयाँदिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमा जारी छ । राष्ट्रपति पौडेल स्वास्थ्य उपचारका लागि बुधबार भारत प्रस्थान गर्नुभएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका