जोडिनुहोस
  • होमपेज
  • भारत र बंगलादेशबीच द्विपक्षीय व्यापार कारोबार रुपैयाँ र टाकामा गर्न सहमत

भारत र बंगलादेशबीच द्विपक्षीय व्यापार कारोबार रुपैयाँ र टाकामा गर्न सहमत

ढाका– बंगलादेश र भारतले द्विपक्षीय व्यापार कारोबार दुबै देशको आफ्नै मुद्रा ( रुपैया र टाका)मा गर्न सहमत भएको बंगलादेशमा आधारित समाचार वेबसाइट द बिजनेस स्ट्यान्डर्ड (टीबीएस न्यूज) ले उल्लेख गरेको छ।

अन्तरदेशीय कारोबारलाई सहज बनाउन सोनाली बैंक र इस्टर्न बैंकले भारतीय स्टेट बैंक र आईसीआईसीआई बैंकमा खाता खोल्नेछन्। दुई भारतीय बैंकले पनि बंगलादेशका दुई बैंकमा खाता खोल्ने समाचारमा उल्लेख छ ।

ग्लोबल एकाउन्टिङमा भोस्ट्रो र नोस्ट्रो खाताहरू भनेर चिनिने यी खाताहरू खोल्न सम्बन्धित केन्द्रीय बैंकहरूको स्वीकृति आवश्यक पर्नेछ, द बिजनेस स्ट्यान्डर्ड ले बंगलादेश बैंक र सम्बन्धित वाणिज्य बैंकका अधिकारीहरूलाई उद्धृत गर्दै समाचारमा लेखेको छ।

सोनाली बैंक लिमिटेडका सीईओ तथा प्रबन्ध निर्देशक मोहम्मद अफजल करीमले भने, ‘भारतसँग टाका र रुपैयाँमा द्विपक्षीय व्यापारले अमेरिकी डलरमा दबाब घटाउनेछ, द बिजनेस स्ट्यान्डर्डले समाचारमा उल्लेख गरेको छ । । यसबाट दुवै देशलाई फाइदा हुनेछ।

उनले भारत र बंगलादेशका धेरै बैंकहरू क्रमशः प्रक्रियाको हिस्सा बन्ने बताए। डलरको संकटका बीच महिनौंदेखि रुपैयाँमा कारोबार टुंग्याउने विषयमा छलफल भइरहेको समाचारमा जनाइएको छ । तर, दुई देशबीचको सबै द्विपक्षीय व्यापार स्थानीय मुद्रामा हुने छैन ।

गत आर्थिक वर्षमा बंगलादेशले भारतबाट करिब १३ अर्ब ६९ करोड अमेरिकी डलर बराबरको आयात गरेको थियो । जसमध्ये २ अर्ब अमेरिकी डलर बराबरको आयात रुपैयाँमा कारोबार हुनेछ भने बाँकी अमेरिकी डलरमा भुक्तानी गरिने टीबीएस न्युजले जनाएको छ ।

यस्तै, बंगलादेशबाट भारतमा करिब २ अर्ब अमेरिकी डलर बराबरको निर्यात भएको र त्यसको कारोबार रुपैया र टाकामा हुनेछ । अप्रिल ११ मा, आरबीआई र एसबीआईको प्रतिनिधिमण्डलले इस्टर्न बैंक लिमिटेड र सोनाली बैंकका प्रबन्ध निर्देशकहरूसँग भेटवार्ता गरेका थिइ र दुई राष्ट्रहरू बीच टाका र रुपैयाँमा व्यावसायिक लेनदेनको भुक्तानी विधिहरूबारे छलफल भएको थियो,

यो व्यवस्थाले व्यापारलाई बढावा दिने र विदेशी मुद्रा सञ्चितिमा दबाब घटाउने विश्वास गर्दै व्यवसायीहरूले यो निर्णयको स्वागत गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका