जोडिनुहोस
  • होमपेज
  • मौन अवधिका बेलामा जनमतले सूर्य चिन्ह नभएको नमुना मतपत्र बाँडेको एमालेको आरोप

मौन अवधिका बेलामा जनमतले सूर्य चिन्ह नभएको नमुना मतपत्र बाँडेको एमालेको आरोप

बारा – बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनको क्रममा जनमत पार्टीका कार्यकर्ताहरूले मौन अवधिमा निर्वाचन आचारसंहिता विपरीत सूर्य चिन्ह बिनाको नमुना मतपत्र सर्वसाधारण मतदातालाई बाढेको पाइएपछि नेकपा एमालेले निर्वाचन अधिकृतको कार्यालय कलैयामा उजुरी दिएको छ।

नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलका प्रतिनिधि मनोज पौडेलेले जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले आफ्नो पार्टीको चुनाव चिन्ह सूर्य नभएको नमुना मतपत्र मतदाताको घरघरमा बाढेको पाइए पछि उम्मेदवार कुशवाहा माथि कारबाहीको माग गर्दै उजुरी दर्ता गराएका हुन्। एमालेले कुशवाहाका कार्यकर्ताहरूले वितरण गरेको नक्कली नमुना मतपत्रसहित उल्लेख गरेर उजुरी गरेका हुन्।

कुशवाहाले सूर्य चिन्ह नभएको मतपत्र बाँडेर मतदातालाई भ्रमित पार्न खोजिएको भन्दै पौडेलले कारबाहीको माग गरिएको बताए। उनका अनुसार चुनाव प्रचारको मौन अवधि सुरु भएपछि जनमत पार्टीका कार्यकर्ताहरूले हिजो विभिन्न पालिकामा सूर्य चिन्ह नभएको नक्कली नमुना मतपत्र छापेर बाडेका थिए।

त्यसमाथि, एमाले उम्मेदवार पुरुषोत्तम पौडेलले आफूलाई समर्थन गरेको भन्दै कुशवाहाले एमालेको चुनाव चिन्ह नभएको नक्कली नमुना पतपत्र बाढेको खुल्न आएको एमालेले जनाएको छ। कुशवाहाले यसअघि पनि एमालेका उम्मेदवार पौडेलले आफूलाई समर्थन गरेको भन्दै भ्रमपूर्ण प्रचार गराएका थिए।

निर्वाचनमा पराजित हुने देखेपछि जनमतका कार्यकर्ता र उम्मेदवार कुशवाहाले निर्वाचनलाई प्रभावित पार्न भ्रमको खेती थालेको र यसबाट विचलित नभई सूर्य चिन्हमा मतदान गर्न मतदातासँग एमालेले मतदातासँग आग्रह गरेको उम्मेदवार पौडेलले जानकारी दिए।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख सरोज चौधरीले जनमत पार्टीका उम्मेदवार र कार्यकर्ताबाट भएको आचारसंहिता विपरीतको कार्य बारे परेको उजुरीमाथि छानबिन गरी कारबाही गरिने बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका