जोडिनुहोस
  • होमपेज
  • बेलौरी नगरपालिकाबाट बाघले बेपत्ता पारेकी महिलाको शव फेला

बेलौरी नगरपालिकाबाट बाघले बेपत्ता पारेकी महिलाको शव फेला

कञ्चनपुर : बेलौरी नगरपालिका ८ पचुँईबाट बाघले बेपत्ता पारेको महिलाको शव फेला परेको छ।  बाघले झम्टेर बेपत्ता पारेकी अन्दाजी ४५ वर्षीया गंगादेवी चन्दको शव प्रहरीले पचुँईकै खप्टे खोला क्षेत्रमा फेला पारेको छ।

शव परीक्षणका लागि बेलौरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ। सब डिभिजन वन कार्यालयका प्रमुख दिनेश कुमार यादवका अनुसार महिलालाई बाघले आक्रमण गर्दा घाँटी र तिघ्रा घाउ बनाएको अवस्थामा फेला परेको छ।

बर्दिया राष्ट्रिय निकुञ्जबाट आएको डा दिनेश देवकोटासहितको टोली शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हात्ती सहितको टोली, नेपाल प्रहरी, सशस्त्र प्रहरी र सब डिभिजन वन कार्यालय कुण्डाको वन सुरक्षाकर्मीको टोलीले बाघलाई नियन्त्रणमा लिएको सब डिभिजन वन कार्यालय कुण्डाका प्रमुख यादवले बताए। नियन्त्रणमा लिइएको बाघलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा लगिएको छ।

बाघलाई निकुञ्ज क्षेत्रमा छाडिने बताइएको छ।  शुक्रवार महिलालाई बाघले झम्टेर लगेपछि सुरक्षाकर्मीको टोलीले ड्रोन क्यामेरामार्फत बाघको निगरानी गरेका थिए। आज बिहान आठ बजे बाघलाई डार्ट गरी नियन्त्रणमा लिएपछि महिलाको शवको खोजी गरिएको थियो। बाघले झम्टेर लगेको २२ घण्टा पछि महिलाको शव फेला परेको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका