जोडिनुहोस
  • होमपेज
  • नेपालगञ्जमा कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु

नेपालगञ्जमा कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु

कोहलपुर– बाँकको भेरी अस्पताल नेपालगञ्जमा कोरोनाबाट कोभिड भाइरस सङ्क्रमणबाटमा एकजनाको मृत्यु भएको छ ।

राप्तीसोनारी गाउँपालिका–२ का ८६ वर्षीय वृद्धको उपचारका क्रममा आज मृत्यु भएको भेरी अस्पतालका प्रमुख डा प्रकाश थापाले जानकारी दिए ।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई भेरी अस्पताल लगिएको  थियो । उनलाई यही वैशाख १ गते कोभिड सङ्क्रमण पुष्टि भएको थियो । 

बिरामीलाई गत एक हप्तादेखि उपचारमा राखिएको र उनलाई दमको पनि समस्या रहेको बताइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका