जोडिनुहोस
  • होमपेज
  • पाकिस्तानमा शनिबार बिहान भएको सडक दुर्घटनामा सात जनाको मृत्यु

पाकिस्तानमा शनिबार बिहान भएको सडक दुर्घटनामा सात जनाको मृत्यु

इस्लामावाद– पाकिस्तानको पञ्जाब प्रान्तमा शनिबार बिहान भएको सडक दुर्घटनामा सात जनाको मृत्यु भएको छ ।

उक्त दुर्घटनामा ज्यान गुमाउने मध्ये चार जना महिला र तीन जना बालबालिका रहेकाे प्रहरीले जनाएको छ । दुर्घटनामा अन्य चार जना घाइते भएका छन् ।

घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । चालक निदाएका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । नियमित मर्मतसम्भार नभएका सडक र सवारी, सवारी नियमको पालनामा हेलचेक्र्याइँ गरेका कारण पाकिस्तानमा प्रायः सडक दुर्घटना हुने गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?