जोडिनुहोस
  • होमपेज
  • दुईवटा मतपत्र खसाउन खोजेपछि बारा–२ बाट जसपा नेता पक्राउ

दुईवटा मतपत्र खसाउन खोजेपछि बारा–२ बाट जसपा नेता पक्राउ

काठमाडौं : बारा–२ बाट जनता समाजवादी पार्टीका नेता पक्राउ परेका छन्। जसपा नेता एवं जिल्ला समन्वय समितिका सदस्य रामसागर यादवलाई दुईवटा मतपत्र लिएर मतदान केन्द्रमा पुगेपछि पक्राउ गरिएको हो।

उनलाई बाराको देवताल गाउँपालिका वडा ७ स्थित वडा कार्यालय पिपरवती जब्दीमा रहेको मतदान केन्द्रबाट पक्राउ गरिएको हो।

यादवले स्वस्तिक छाप लगाएको दुईवटा मतपत्र मतपेटिकामा खसाउन खोजेपछि पक्राउ गरिएको हो। जनमत पार्टीले  जसपाले कब्जा गरी बाहिरबाटै मतपत्र ल्याएर मत खसाएको आरोप लगाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका