जोडिनुहोस
  • होमपेज
  • सरकारी गाडीमा मतदानस्थल पुग्दा मधेशका मुख्यमन्त्रीलाई स्पष्टीकरण

सरकारी गाडीमा मतदानस्थल पुग्दा मधेशका मुख्यमन्त्रीलाई स्पष्टीकरण

काठमाडौं : निर्वाचन आयोगले मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई स्पष्टीकरण सोधेको छ। आयोगले उपनिर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्ने गरी अनुमतिबिना निर्वाचन आचारसंहिताविपरीत कार्य गरेको सम्बन्धमा आज स्पष्टीकरण सोधेको हो।

आयोगले बारा–२ मा प्रतिनिधि सभा सदस्य उपनिर्वाचन भइरहेको अवस्थामा निर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्ने गरी के कति कारणबाट पचरौता नगरपालिका क्षेत्रमा जानु भएको हो? भनी स्पष्टीकरण सोधेको आयोगका उपसचिव कमल ज्ञवालीले जानकारी दिए।

आयोगले सोधेको छ, ‘तपाई त्यहाँ जाँदा प्रयोग गरेको सवारी साधन र सुरक्षा व्यवस्था सरकारी हो, होइन? तपाईँको यो कार्यले पदको गरिमा र निर्वाचन आचार संहिता, २०७९ को दफा ५ को उल्लंघन हुन्छ, हुँदैन? निर्वाचन आचारसंहिता उल्लंघन गरेकोमा तपाईँलाई निर्वाचन आयोग ऐन, २०७३ बमोजिम कारबाही किन नगर्ने? भनी २४ घण्टा भित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका