जोडिनुहोस
  • होमपेज
  • पाल्पामा बस दुर्घटना हुदा एकको मृत्यु, ३५ जना घाइते, तीन जना गम्भीर अवस्थामा

पाल्पामा बस दुर्घटना हुदा एकको मृत्यु, ३५ जना घाइते, तीन जना गम्भीर अवस्थामा

पाल्पा : पाल्पामा आइतबार बिहान भएको बस दुर्घटना परी एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा महिला छिन्। उनको सनाखत भइ नसकेको घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले बताए।

उनकाअनुसार ३५ जना घाइतेको उद्वार गरिएको छ। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ। घाइते सबैलाई उपचारको लागि तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभास पठाइएको प्रनाउ थापाले बताए।

बुटवलबाट बागलुङको बुर्तिबाङतर्फ जाँदै गरेको लु १ ख ५९५६ नम्बरको बस बिहान सवा ९ बजे सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउ गाउँपालिका-५ जोरधारामा दुर्घटना भएको हो। बस राजमार्गभन्दा करिब १०० मिटर तल भीरमा खसेको प्रनाउ थापाले बताए।

बसमा सवार सबै यात्रुको उद्वार भइसकेको छ। घट्नाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका