जोडिनुहोस
  • होमपेज
  • खलिस्तानी नेता अमृतपाल सिंह भारतमै पक्राउ

अन्तर्राष्ट्रिय

खलिस्तानी नेता अमृतपाल सिंह भारतमै पक्राउ

  • Sagarmatha TV
  • आइतवार, बैशाख १०, २०८०
खलिस्तानी नेता अमृतपाल सिंह भारतमै पक्राउ

नयाँ दिल्ली । खालिस्तानी नेता अमृतपाल सिंहलाई पञ्जाव प्रहरीले पक्राउ गरेको छ । मोगा पुलिसले रोडेवाल गुरुद्धारवाट अमृतपालमा गिरफतार गरेको हो । पञ्जाब प्रहरीले टविट गरेर यसको जानकारी दिएको हो । सुरुमा प्रहरीले अमृतपाल सिंहले मोगा पुलिससँग आत्मसर्मपण गरेको जनाए पनि पछि भने गिरफ्तार गरिएको जनाएको थियो ।

पक्राउ परेका उनलाई अमृतसर हुँदै असमको डिब्रुगढ जेलमा पठाइएको छ । ‘अमृत पाल सिंह पञ्जाबको मागवाट गिरफतारमा परेका छन, यसका साथै पञ्जाव पुलिस यो अपिल गर्दछ कि कुनै पनि तरिकाको अफवाह नफैलाईयोस्’ पञ्जाब प्रहरीले भनेको छ ।

भारतीय सुरक्षा अधिकारीले नेपालमा लुकेर बसेको जनाउँदै सिमा क्षेत्रमा खानतलासी बढाए पनि उनी भने पञ्जाबमा नै पक्राउ परेका हुन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका