जोडिनुहोस
  • होमपेज
  • बारा २ मा मतदातालाई रकम बाँडिएको सूचना

बारा २ मा मतदातालाई रकम बाँडिएको सूचना

बारा – बारा क्षेत्र नम्बर २ का नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले बारा २ मा मतदातालाई प्रभावित पार्ने प्रयास भएको आरोप लगाएका छन् ।

उनले आफूले  विभिन्न स्थानमा मतदातालाई प्रभावित पार्न रकम बाँडिएको सूचना पाएको बताएका छन् । तर, मतदाताले एमालेलाई मत दिने उनको दाबी छ ।

मतदानको ट्रेन्ड हेर्दा एमालेको पक्षमा मतदान देखिन्छ । केही स्थानमा मतदातालाई प्रभावित पार्न रकम बाँडिएको सूचना समेत आएको छ । यति हुँदाहुँदै पनि जनताले हामीलाई विश्वास गरेर मत दिन्छन्,’ उनले भने।

केहीबेरअघि बाराको देवताल गाउँपालिका- ७ पिपरपाती जब्दी मतदान केन्द्रबाट जसपाका नेता नक्कली मतपत्रसहित पक्राउ परेका थिए ।

बाराको क्षेत्र नम्बर २ मा बिहान ७ बजे सुरु भएको मतदान चलिरहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका