जोडिनुहोस
  • होमपेज
  • धौलागिरि हिमालको आधार शिविरबाट एक भरिया बेपत्ता

धौलागिरि हिमालको आधार शिविरबाट एक भरिया बेपत्ता

पोखरा – धौलागिरि हिमालको आधार शिविरबाट एक भरिया बेपत्ता भएका छन् । धौलागिरि आधार शिविरबाट समान पुर्‍याएर फर्किने क्रममा भरिया अमृत राई बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सोलुखुम्बुको दुधकुण्ड नगरपालिका-१ नुथलाका २० वर्षीय राई हिमपातमा परी बेपत्ता भएको खबर प्राप्त भए पछि खोजी कार्य जारी राखिएको छ । धौलागिरि आधार शिविरमा समान पुर्‍याएर फर्किने क्रममा भारी हिमपात भएको र सो हिमपातमा परी राईको बेपत्ता भएको हुन सक्ने अनुमान छ ।

धौलागिरि हिमालमा हिउँ पहिरो गएको र सोही हिउँ पहिरोमा परी उनी बेपत्ता भएको आशंकामा खोजी कार्य जारी राखिएको छ । शुक्रबारदेखि म्याग्दीको हिमाली क्षेत्र आसपासमा समेत हिमपात भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका