जोडिनुहोस
  • होमपेज
  • तनहुँ क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका उम्मेदवार भट्टराईले गरे मतदान

तनहुँ क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका उम्मेदवार भट्टराईले गरे मतदान

काठमाडौं : तनहुँ क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले मतदान गरेका छन्। उनले व्यास नगरपालिका स्थित –११ बेल्टारीस्थित तनहुँ आधारभूत प्रावि मतदान केन्द्रमा मतदान गरेका हुन्।

उनले मतदानपछि सामाजिक सञ्जाल फेसबुकमार्फत मतदान स्थलमा गएर सबैलाई आफ्नो मताधिकारको प्रयोग गर्नसमेत अनुरोध गरेका छन्। उनले भनेका छन् ‘मैले मतदान गरेँ। तपाईं पनि आफ्नो मतदान स्थलमा गएर मताधिकार प्रयोग गर्नुहुन अनुरोध गर्दछु।’

यो क्षेत्रबाट प्रतिनिधिसभा सदस्य बनेका रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएसँगै उपनिर्वाचन हुन लागेको हो। यस क्षेत्रमा नेकपा एमालेका तर्फबाट सर्बेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट डा. स्वर्णिम वाग्ले उम्मेदवार छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका