जोडिनुहोस
  • होमपेज
  • बाराका केही मतदान केन्द्रमा बुथ कब्जा भएको आरोप : सिके

बाराका केही मतदान केन्द्रमा बुथ कब्जा भएको आरोप  : सिके

काठमाडौँ– जनमत पार्टीका अध्यक्ष सिके राउतले बाराका केही मतदान केन्द्रमा बुथ कब्जा भएको आरोप लगाएका छन् ।

आइतबार बारामा सञ्चारकर्मीसँग कुरा गर्दै राउतले पचरौताको बेलडारी केन्द्रमा जसपाका कार्यकर्ताहरूले बुथ कब्जा गरेको आरोप लगाएका हुन्  । उनले जनमतको बुथ एजेण्टलाई भित्र छिर्न नदिएको र तीन चार दिन अघि देखि नै बुथ कब्जा भएको बताए । प्रहरी प्रशासनलाई पटक पटक जानकारी गराउँदा पनि सुरक्षा दिन नसकेको उनको भनाइ छ ।

उनले मतदान केन्द्रमा त्रासको वातावरण देखिएको भन्दै प्रहरीको पनि मिलोमतो देखिएको आरोप लगाए । बारा २ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि उपनिर्वाचन भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका