जोडिनुहोस
  • होमपेज
  • कञ्चनपुरबाट लागूऔषध सहित २ जना पक्राउ

कञ्चनपुरबाट लागूऔषध सहित २ जना पक्राउ

कञ्चनपुर– बेलौरी नगरपालिका–६ विद्यानगरबाट लागूऔषध सहित २ जनालाई प्रहरी पक्राउ गरेका छन् ।

पक्राउ पर्नेमा कैलाली धनगढी उपमहानगरपालिका-१३ कैलाली गाउँ बस्ने २३ वर्षीय सुमित राना र कैलाली धनगढी उपमहानगरपालिका-७ मनहेरा बस्ने १५ वर्षीय किशोरलाइ खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ७५ मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालयका अनुसार से.७ प ९०४५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका