जोडिनुहोस
  • होमपेज
  • प्रहरी प्रशासनबाटै धाँधली भयो बाराको मतदानमा : एमाले उम्मेदवार

प्रहरी प्रशासनबाटै धाँधली भयो बाराको मतदानमा :  एमाले उम्मेदवार

बारा– बारा २ का एमाले उम्मेदवार पुरुषोत्तम पौडेलले उपनिर्वाचनका क्रममा प्रहरी प्रशासन नै लागेर धाँधलीपूर्ण ढंगले मतदान गरेको भन्दै त्यस प्रकारका गतिविधि रोक्न माग गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भनेका छन ठाउँ ठाउँमा मतदाताहरू रोक्ने, ईनरवा, सनफुलवा, सिचाई वुथ लगायतका बुथहरूमा प्रहरीका सई र असई नै गठबन्धनको पक्षमा मतदान गराउन लाग्ने गरेको भन्दै कब्जा गर्ने, एउटै व्यक्तिले दुईटा मत खसाउने जस्ता धाँधलीका रुपहरु नागो रुपमा देखिई रहेको बताएका छन् ।

उम्मेदवार पुरुषोत्तम पौडेलले भने, ‘ठाउँ ठाउँमा मतदाताहरू रोक्ने, इनरवा , सनफुलवा, सिन्चाइ  बुथ लगायत बुथहरूमा प्रहरीका सई, असई नै गठबन्धनको पक्षमा मतदान गराउन लाग्ने, कब्जा गर्ने, एउटै व्यक्तिले दुईटा मत खसाउने जस्ता धाँधलीका रुपहरु नाङगो रुपमा देखिइरहेका छन् । 

उम्मेदवार पुरुषोत्तम पौडेलले भने बारा २ मा भइरहेको उपनिर्वाचनले गठबन्धन सरकारको मखौल उडाएको छ । स्वच्छ निर्वाचन गराउने माग गदै उनले भने, ‘म यस प्रकारका गतिविधि रोक्न र निष्पक्ष निर्वाचन गराउन माग गर्दछु ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका