जोडिनुहोस
  • होमपेज
  • कम्युनिष्ट पार्टीहरु एकतावद्ध हुनुपर्ने अवस्था रहेको छ : प्रधानमन्त्री

कम्युनिष्ट पार्टीहरु एकतावद्ध हुनुपर्ने अवस्था रहेको छ : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई पुनर्जीवित गराउन लागिपर्ने बताएका छन्।

केही दिनभित्रै समाजवादी मोर्चा बनाएर तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भई बनेको नेकपालाई पुनर्जिवित गराउनका लागि अपिल गर्ने पनि उनले योजना सार्वजनिक गरे।

नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले नेपाली जनता र लाखौं कम्युनिष्ट कार्यकर्ताहरुले मन पराएको नेकपालाई पुनर्जीवित गरेर जाँदा नेपाली जनता र राष्ट्रको आवश्यक्तालाई सम्बोधन गर्न सकिने तर्कसमेत गरे।

उनले नेताहरुको सनकको भरमा त्यो एकता टिक्न नसकेको भन्दै अव देशको हितका लागि पनि त्यसलाई फर्काएर अघि बढनुपर्ने बताए। प्रधानमन्त्री दाहालले नेकपालाई पुनस्थापित गर्नका लागि विनापूर्वाग्रह छलफल गर्नुपर्ने आवश्यक्ता पनि औंल्याए।

उनले भने, ‘फेरि पनि कम्युनिष्ट आन्दोलनलाई, वामपन्थी आन्दोलनलाई एकतावद्ध गर्ने आवश्यक्ता र जिम्मेवारी पूरा भयो भन्ने होइन। फेरि पनि हामीले सही विचारको आधारमा, सही नीतिको आधारमा कम्युनिष्टहरुलाई एकतावद्ध गर्ने कुरा जारी राख्नु पर्दछ। हामी त्यही प्रक्रियामा छौँ।’

प्रधानमन्त्री दाहालले अहिले मुलुकमा विचार, राजनीति, मूल्यमान्यता भन्दा बाहिरबाट अराजकता सृजना गर्ने कोसिस भइरहेको दोहोर्‍याउँदै त्यसलाई रोक्न पनि कम्युनिष्ट पार्टीहरु एकतावद्ध हुनुपर्ने अवस्था रहेको समेत बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका