जोडिनुहोस
  • होमपेज
  • काठमाडौंका निजी तथा संस्थागत विद्यालयहरूलाई छात्रवृत्ति उपलब्ध गराउन बालेनको निर्देशन

काठमाडौंका निजी तथा संस्थागत विद्यालयहरूलाई छात्रवृत्ति उपलब्ध गराउन बालेनको निर्देशन

काठमाडौं : काठमाडौं महानगरपालिकाले महानगरपालिकाभित्र पर्ने निजी तथा संस्थागत विद्यालयहरूलाई छात्रवृत्ति नियमसंगत रुपमा उपलब्ध गराउन निर्देशन दिएको छ।

महानगरपालिकाका नगरप्रमुख बालेन शाहले छात्रवृत्ति उपलब्ध गराउन विद्यालयहरूलाई निर्देशन दिएका हुन्।

‘काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ नियम ५८ र ५९ को प्रावधानअनुसार निजी तथा संस्थागत विद्यालयहरूले उपलब्ध गराउने छात्रवृत्तिअन्तर्गत प्रत्येक कक्षामा प्रथम र द्वितीय हुने विद्यार्थीहरूलाई क्रमशः शतप्रतिशत र ५० प्रतिशत शुल्क मिनाहा गर्ने तथा विद्यालयहरूले कुल विद्यार्थी संख्याको कम्तिमा १० प्रतिशतमा नघटाइ जेहनदार, विपन्न, असहाय तथा गरिब, अपाङ्ग, महिला, दलित, जनजाति, द्वन्द्वपीडित र शहीद परिवारका विद्यार्थीलाई समावेशी आधारमा छात्रवृत्ति उपलब्ध गराउनुपर्ने नियम छ,’ उनले भनेका छन्।

उनले यो नियम स्मरण गराउँदै नयाँ शैक्षिक सत्र सुरु हुँदै गरेको परिपेक्ष्यमा महानगरपालिकाभित्र पर्ने निजी तथा संस्थागत विद्यालयहरूले उपलब्ध गराउनुपर्ने छात्रवृत्ति नियमसंगत रुपमा उपलब्ध गराउन ध्यानाकर्षण गराए।

उनले छात्रवृत्ति सम्बन्धित सम्पूर्ण जानकारी विद्यालयको वेबसाइट तथा सूचना पाटीमा टाँस गरि अभिभावक र विद्यार्थीहरुलाई सूचित गराउन पनि अनुरोध गरे।

‘यो नियमको पालना गर्न, गराउन पहल गर्न सम्बन्धित विद्यालय, अभिभावक तथा सम्पूर्ण सरोकारवालालाई अनुरोध गरिन्छ, अन्यथा कानुनबमोजिम कारवाही अगाडि बढाउन महानगर बाध्य हुनेछ,’ उनले चेतावनी दिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका