जोडिनुहोस
  • होमपेज
  • किमाथांका नाका सुचारु गर्ने विषयलाई उच्च प्राथमिकता दिने परराष्ट्रमन्त्रीको प्रतिबद्धता

किमाथांका नाका सुचारु गर्ने विषयलाई उच्च प्राथमिकता दिने परराष्ट्रमन्त्रीको प्रतिबद्धता

काठमाडौँ : परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले संखुवासभा जिल्लाको उत्तरी सीमानाका किमाथांका नाका सुचारु गर्ने विषयलाई उच्च प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

आइतवार मन्त्रालयमा संखुवासभा जिल्लाका प्रतिनिधि र कोशी प्रदेशका सांसदले संयुक्त रूपमा किमाथांका नाका खोल्न चीन सरकारसँग पहल गरिदिन बुझाएको ध्यानाकर्षण पत्र ग्रहण गर्दै मन्त्री साउदले किमथांका नाका सञ्चालन पहिलो प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।

उनले किमाथांका नाका ऐतिहासिक नाका भएको र पूर्वको व्यापार व्यवसायलाई प्रत्यक्ष फाइदा पुग्ने नाका भएकाले यसलाई प्राथमिकतामा राख्ने बताए। उनले नेपाल-चीनको सम्बन्ध बढाउन र व्यापार व्यवसाय पनि बिस्तार गर्न किमाथांका नाका सहज र छोटो दूरीको माध्यम बन्ने बताए। उनले चीन सरकारसँग नाका खोल्नका लागि आवश्यक पहल गर्ने जानकारी दिए।

उनले भने किमाथांका महत्त्वपूर्ण नाका छ। उत्तरतिर पूर्वतिरको व्यापारका लागि अत्यन्तै महत्त्वपूर्ण नाका हो। दुई देशको सम्बन्ध र व्यापारका रूपमा प्रयोग हुँदै आएको छ। नाका खोल्न चीन सरकारसँग छलफल भइरहेको छ। यसलाई उच्च प्राथमिकता दिनेछु।’

जिल्लाका प्रतिनिधिले नेपालका लागि व्यावसायिक हिसाबमा चीनसँगका नाका महत्त्वपूर्ण भएकाले सबै नाका खुलाउन समेत पहल गर्न आग्रह गरेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका