जोडिनुहोस
  • होमपेज
  • भ्रष्टाचार छानबिन गर्ने हो भने सबै नेता पालैपालो जेल जान्छन् : विप्लव

भ्रष्टाचार छानबिन गर्ने हो भने सबै नेता पालैपालो जेल जान्छन् : विप्लव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले भ्रष्टाचार छानबिन गर्ने हो भने समकालीन सबै नेता जेल जाने दाबी गरेका छन् । आइतबार शिक्षा पत्रकार समूहले गरेको शिक्षा बहस कार्यक्रममा उनले अहिले नेपालमा नेता बन्ने भनेकै पैसा कमाउन हो भन्ने खालको मानक बनेको बताए ।

‘मैले आरोप लगाएको होइन नेपालका मान्छेहरु यदि छानविन गर्ने हो भने एकले अर्कोलाई आरोप लगाएर सबै जेल जाँदैनन् ? सबै जान्छन् नि पालोपालो । उसले उसलाई लगाउँछ, उसले उसलाई लगाउँछ उहाँहरु (नेताहरु) को कुरा हो । तर सबैलाई अर्ब भन्दा कमको चार्ज छैन नि । अहिले सरकारमा भएका हुन् या बाहिर बसेका हुन् । त्यो साँचो कुरा हो’, उनले भने ।

०६४/०६५ पछि राजनीतिमा विकृति देखिएको भन्दै उनले विद्यार्थी संगठनको अध्यक्ष बन्ने चाहने नेताले काठमाडौंमा घरको सपना देख्ने बताए । ‘त्यो विद्यार्थीहरुको दोष होइन पार्टीको दोष हो । विद्यार्थीहरुले त सिक्ने हो । नकारात्मक पनि सिक्ने हो । सकारात्मक पनि सिक्ने हो । सकारात्मक सिकेर बलिदानीतिर गएको भए त्यसरी नै विद्यार्थीहरु तयार हुन्थे’ विप्लवले भने ।

महासचिव विप्लवले राजनीतिक क्षेत्रमा भ्रष्टीकरण हुनुले अन्य सबैजसो क्षेत्रमा असर परेको बताए । ‘राजनीतिक क्षेत्रमा भ्रष्टीकरण सुरु भएपछि त्यसले सबैतिर हानेको छ ।

अहिले विद्यार्थी संगठनमा पनि त्यो पसेको साँचो हो । कुनै पार्टीको अध्यक्ष निस्किएर आफ्नो विद्यार्थीलाई भन्न सक्छ तिमी भ्रष्टाचार नगर भनेर ? कहिँ प्रशिक्षण सुन्नुभएको छ तपाईहरुले कुनै नेताले दिएको छ भ्रष्टाचार नगर भनेर अहिले ? कसैले दिन सक्दैन’ विप्लवले भने । उनले आफ्नो पार्टी र संगठनहरुमा भ्रष्टाचार नभएको दाबी गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका