जोडिनुहोस
  • होमपेज
  • सातदोबाटो र हिमालयनको बराबरी

सातदोबाटो र हिमालयनको बराबरी

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा रोयल ब्लु सातदोबाटो युथ क्लब बराबरीमा रोकिएको छ । च्यासल मैदानमा आइतबार सातदोबाटोले हिमालयन शेर्पा क्लबसँग २-२ गोलको बराबरी खेलेको हो ।

सातदोबाटोले दुई पटकको अग्रता जोगाउन नसक्दा बराबरी खेल्नु परेको हो । खेलको पहिलो मिनेटमै दीपक राज सिंह ठकुरीले गोल गर्दै सातदोबाटोलाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको ७२ औं मिनेटमा निशान लिम्बुले गोल गर्दै हिमालयनलाई १-१ गोलको बराबरीमा ल्याए । खेलको ८० औं मिनेटमा दीपकले व्यक्तिगत दोस्रो गोल गर्दै सातदोबाटोलाई २-१ को अग्रता दिलाए ।

त्यसपछि खेलको ८३ औं मिनेटमा सुशील राईले गोल गर्दै हिमालयनलाई २-२ गोलको बराबरीमा ल्याए ।

यस बराबरीसँगै सातदोबाटोले ११ खेलमा १८ अंक जोडेको छ । हिमालयनले ११ खेलमा १० अंक जोडेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका