जोडिनुहोस
  • होमपेज
  • २० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

२० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

काठमाडौं । सरकारले सोमबार २० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । नेपाल राष्ट्र बैंकमार्फत सोमबार २० अर्ब रपैयाँ नयाँ आन्तरिक ऋण उठाउन लागेको केन्द्रय बैकले जनाएको छ ।

अहिले ऋण तिर्न सक्ने अवस्थ नभएपछि यसबाहेक पुरानो ८ अर्ब ६० करोड रुपैयाँ ऋण नवीकरण गर्दैछ । सरकारले २८ दिने ट्रेजरी बिलमार्फत ५ अर्ब रुपैयाँ, ९१ दिनेमार्फत ५ अर्ब, १८२ दिनेमार्फत ६ अर्ब र ३६४ दिनेमार्फत ४ अर्ब रुपैयाँ उठाउने छ ।

२८ दिने अवधिको ५ अर्ब र ९१ दिने अवधिको ३ अर्ब ६० करोड रुपैयाँ भने नवीकरण गर्नेछ । सरकारले बजेटमार्फत खर्च गर्ने स्रोतको पहिचान गरेको हुन्छ ।

जसमा राजस्व प्रमुख स्रोत हो भने वैदेशिक ऋण तथा अनुदान र आन्तरिक ऋणपनि सरकारको खर्चको स्रोत हो । अहिले सरकारको राजस्व प्रभावित छ । चालु खर्चधान्न नसकेपछि सरकारले धमाधम ऋण उठाइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका