जोडिनुहोस
  • होमपेज
  • सन्दीपविरुद्धको मुद्दाको फैसला पेशी दीपक ढकालको इजलासमा

सन्दीपविरुद्धको मुद्दाको फैसला पेशी दीपक ढकालको इजलासमा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको फैसला पेशीको इजलास तोकिएको छ । सन्दीपको मुद्दाको सुनुवाइ काठमाडौं जिल्ला अदालतमा न्यायाधीश दीपक ढकालको एकल इजलासमा हुने भएको हो ।

यसअघि जाहेरवालाका कानून व्यवसायीले दुईजना सरकारी साक्षीको बकपत्र बाँकी रहेको भन्दै आदेश माग गरेपछि फैसला सुनुवाइ धकेलिएको थियो । गत साता दुवै सरकारी साक्षीको बकपत्र भएपछि सोमबारका लागि पेशी तोकिएको हो ।

सन्दीप हाल एसीसी प्रिमियर कप खेलिरहेका छन् । नेपालले प्रतियोगिताअन्तर्गत सोमबार मुलपानी क्रिकेट मैदानमा साउदी अरबविरुद्ध खेल्दैछ । सन्दीप मुलपानी मैदानमा पुगेका छन् ।

पाटन उच्च अदालतबाट २० लाख रूपैयाँ धरौटीमा छुटेयता सन्दीपले नेपाली राष्ट्रिय टोलीका लागि महत्वपूर्ण प्रदर्शन गर्दै आइरहेका छन् । नेपालले एकदिवशीय अन्तर्राष्ट्रिय मान्यता कायम र विश्वकप छनोटमा स्थान बनाउँदा उनको भूमिका महत्वपूर्ण रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका