जोडिनुहोस
  • होमपेज
  • नेपाल र साउदीबीचको खेलमा वर्षा बाधक, टस भएन

नेपाल र साउदीबीचको खेलमा वर्षा बाधक, टस भएन

काठमाडौं । एसीसी पुरुष प्रिमियर कप क्रिकेट अन्तर्गत नेपाल र साउदी अरेबियाबीचको खेलमा ढिलाई भएको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा नेपाल र साउदीबीचको खेल बिहान ९ बजे सुरु हुनुपर्ने थियो । तर, वर्षाको कारण अझै खेलको टस समेत भएको छैन ।

उपाधि दाबेदार नेपाल आज साउदीलाई हराएर एक खेल अगावै सेमिफाइनलमा स्थान बनाउँन चाहन्छ । साउदी पनि नेपाललाई हराएर सेमिफाइनल सम्भावना बलियो बनाउने योजनामा छ ।

नेपाल र साउदीबीच अहिलेसम्म एक खेल भएकोमा नेपाल अपराजित रहेको छ । नेपाल र साउदीबीचको एक मात्र भेट २०१२ मा युएईमा आयोजना भएको एसीसी ट्रफि एलिटमा भएको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका