जोडिनुहोस
  • होमपेज
  • कोलकत्तालाई हराउदै चेन्नाई शीर्ष स्थानमा

कोलकत्तालाई हराउदै चेन्नाई शीर्ष स्थानमा

काठमाडौं । चार पटकको च्याम्पियन चेन्नाई सुपर किंग्स भारतमा जारी रहेको ईन्डियन प्रिमियर लिग(आईपीएल)को ३३ औं खेलमा कोलकत्ता नाईट राईडर्सलाई हराउदै शीर्ष स्थानमा उक्लिएको छ ।

कोलकत्ताको घरेलु मैदान ईडन गार्डेनमा भएको खेलमा चेन्नाईले कोलकत्तालाई ४९ रनले हराएको हो । चेन्नाईले दिएको २ सय ३६ रनको लक्ष्य पछ्याएको कोलकत्ताले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ८६ रन मात्र बनायो ।

कोलकत्ताका लागि जेसन रोय र रिंकु सिंहले अर्धशतकीय ईनिङ खेले पनि टोलीलाई जित दिलाउन सकेनन् ।

रोयले २६ बलमा ५ चौका र ५ छक्काको सहयोगमा ६१ रनको अर्धशतकीय ईनिङ खेले । सिंहले ३३ बलमा ३ चौका र ४ छक्काको सहयोगमा अविजित ५३ रन बनाए ।

पाँचौ विकेटका लागि रोय र सिंहले ३७ बलमा ६५ रनको साझेदारी गरे । कप्तान नितिश राणाले २० बलमा ४ चौका र १ छक्काको सहयोगमा २७ रन बनाउँदा वेंकटेस अय्यरले २० बलमा २० रन बनाए ।

चेन्नाईका लागि महेश थिक्सना र तुशार देशपान्डेले समान २/२ तथा मधिसा पथिराना,रविन्द्र जडेजा ,मोईन अलि र आकाश सिंहले समान १/१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नाईले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय ३५ रन बनायो । चेन्नाईका लागि ओपनर डेभोन कन्वे,अजिक्या रहाणे र शिभम दुवेले अर्धशतकीय ईनिङ खेले ।

कन्वेले ४० बलमा ४ चौका र ३ छक्काको सहयोगमा ५६ रन बनाए । पहिलो विकेटका लागि कन्वे र ऋतुराज गायकवाडले ४५ बलमा ७३ रनको साझेदारी गरे ।

ऋतुराज गायकवाडले २० बलमा २ चौका र ३ छक्काको सहयोगमा ३५ रन बनाए । अजिक्या रहाणेले २९ बलमा ६ चौका र ५ छक्का सहयोगमा अविजित ७१ रन बनाए ।

दुवेले २१ बलमा २ चौका र ५ छक्काको सहयोगमा ५० रन बनाए । दुवे र रहाणेले तेस्रो विकेटका लागि ३२ बलमा ८५ रनको साझेदारी गरे । रविन्द्र जडेजा ८ बलमा १८ रन बनाएर आउट भए ।

कोलकत्ताका लागि कुलवन्त खेजरोलीया २ तथा वरुण चक्रवर्ती र सुयश शर्माले समान १/१ विकेट लिए । सातौं खेलमा पाँच जित र दुई हारका साथ चेन्नाई १० टोली सहभागी यस लिगको शीर्ष स्थानमा उक्लिएको छ । चेन्नाईको यो लगातार तेस्रो जित हो ।

सात खेलमा पाँच हार र दुई जितका साथ कोलकत्ता आठौं स्थानमा रहेको छ । कोलकत्ताको यो लगातार चौथो हार हो।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका