जोडिनुहोस
  • होमपेज
  • तनहुँ १ बाट एमालेका उम्मेदवार खनालको एउटा वडामा अग्रता

तनहुँ १ बाट एमालेका उम्मेदवार खनालको एउटा वडामा अग्रता

काठमाडौं :  तनहुँ–१ बाट नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले एउटा वडामा अग्रता लिएका छन्। सुरुबाट तेस्रो स्थानमा रहेका खनालले  देवघाट गाउँपालिका–१ मा अग्रता लिएका हुन्। उनले ४९४ मतसहित अग्रता बनाएका हुन्।

उक्त वडामा कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ३३३ मत र पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डा. स्वर्णिम वाग्लेले २७८ मत पाएका छन्। तर, समग्रमा खनाल तेस्रो स्थानमा छन्।

पछिल्लो मतपरिणामअनुसार कुल २२ हजार ३५८ मत गन्दा वाग्लेले ११ हजार ४२८ मत प्राप्त गरेका छन्। उनका निकतटम् प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ६ हजार ४६५ मत पाएका छन्। भट्टराईभन्दा वाग्ले चार हजार  ९६३ मतले अगाडि छन्।

वाग्ले र भट्टराईलाई पछ्याइरहेका एमाले उम्मेदवार सर्वेन्द्र खनालले ३ हजार ७४८ मत प्राप्त गरेका छन्।त ल्याएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका