जोडिनुहोस
  • होमपेज
  • जापानमा होटेलको औसत मूल्य १५ प्रतिशत वृद्धि

अन्तर्राष्ट्रिय

जापानमा होटेलको औसत मूल्य १५ प्रतिशत वृद्धि

  • Sagarmatha TV
  • सोमवार, बैशाख ११, २०८०
जापानमा होटेलको औसत मूल्य १५ प्रतिशत वृद्धि

टोकियो – कोरोना भाइरसको महामारी सुरु हुनुअघि सन् २०१९ को सोही अवधिको तुलनामा पछिल्लो त्रैमासिक अवधिमा जापानमा होटेलको औसत मूल्य १५ प्रतिशतले बढेको एक सर्वेक्षणले देखाएको छ ।

विश्वभरका होटेल उद्योगको बजार तथ्याङ्क उपलब्ध गराउने अनुसन्धान फर्म एसटीआरले गरेको सर्वेक्षणअनुसार जनवरी–मार्चको त्रैमासिक अवधिमा जापानका होटेलको एक कोठाको २४ घण्टाको औसत मूल्य १६ हजार १२५ येन (करिब १२० अमेरिकी डलर) रहेको छ । यो सन् २०१९ को सोही अवधिको तुलनामा करिब १५.७ डलरले बढी हो ।

एसटीआरको तथ्याङ्कअनुसार टोकियोमा होटेलको औसत मूल्य २१ हजार ५८७ येन (करिब १६० डलर) अर्थात् देशकै सबैभन्दा बढी पुगेको छ। सन् २०१९ को तुलनामा यो १७ प्रतिशत बढी हो ।

एसटीआरले आन्तरिक यात्रालाई बढावा दिने उद्देश्यले सरकारी अनुदान कार्यक्रमको कार्यान्वयन र देशमा हालै कोभिड–१९ प्रतिबन्धहरू खुकुलो पार्नुका साथै येनको कमजोरी र बढ्दो उपभोक्ता मूल्यलाई पनि यो वृद्धिको श्रेय दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका