जोडिनुहोस
  • होमपेज
  • विश्वासको मत माग्दै मुख्यमन्त्री गिरीले भने- प्रदेशमा अस्थिरता नल्याऔं

विश्वासको मत माग्दै मुख्यमन्त्री गिरीले भने- प्रदेशमा अस्थिरता नल्याऔं

रूपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले दोस्रोपटक विश्वासको मत माग्दै प्रदेशमा अस्थिरता नल्याउन सांसदहरूलाई अनुरोध गरेका छन् ।

सरकारको नेतृत्व गरेको १ सय दिनका मुख्य उपलब्धि र अहिलेको अवस्थाबारे सदनमा उनले अब पनि सरकार फेरबदलमा लागिरहे प्रदेशबाट विकास हुन नसक्ने जिकिर गरे । पुस २७ मा मुख्यमन्त्री बनेका गिरीले माघ ५ मा ८ दलका ५६ सांसदको विश्वासको मत पाएपनि चैत १२ गते गठबन्धन दलले समर्थन फिर्ता लिएपछि आज पुनः विश्वासको मत मागेका हुन् ।

सदनमा सम्बोधनको क्रममा उनले केन्द्रीय गठबन्धनभन्दा फरक ढंगबाट प्रदेशमा समन्वय गरेर जान आग्रह गरे । खर्च घटाउने, मन्त्री तथा मन्त्रालय घटाउने, रणनीतिक योजनाका कामलाई प्राथमिकता दिएर काम गर्ने, सबै दलसँग समन्वय गरेर अगाडि बढ्ने यो समयका मुख्य उपलब्धि भएको मुख्यमन्त्री गिरीको भनाई छ ।

गिरीले बोलेसँगै सभामुख तुलाराम घर्तीले सांसदहरूलाई बोल्ने समय दिएका छन् । विपक्षी ८ दलको गठबन्धनले यसअघि ५३ सांसदको हस्ताक्षरसहित कांग्रेस दलका नेता डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन दावी पेश गरेकाले मुख्यमन्त्री गिरीले विश्वासको मत पाउने सम्भावना कम छ ।

हेर्नु् मुख्यमन्त्री गिरीको सम्बोधनको पूर्णपाठ

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका