जोडिनुहोस
  • होमपेज
  • ४ वटा मतपेटिका सिल टुटेको अवस्थामा भेटिएको सीके राउतको दाबी, मतगणनाको लाइभ गर्न माग

४ वटा मतपेटिका सिल टुटेको अवस्थामा भेटिएको सीके राउतको दाबी, मतगणनाको लाइभ गर्न माग

बारा । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले बारा २ को मतगणना लाइभ गर्न माग गरेका छन् । उनले बारा २ को सुवर्ण गाउँपालिको ४ वटा मतपेटिका सिल टुटेको अवस्थामा भेटेको बताएका छन् । जसपा अध्यक्ष उपेन्द्र यादवलाई जिताउन प्रहरी, प्रशासन नै लाग्नसक्ने उनको आशंका छ ।

चारवटा बाकसको सिल टुटेको अवस्थामा भेटिएको भन्दै एक भिडिओ पोष्ट गर्दै राउतले फेसबुकमा लेखेका छन्, ‘बारा-२ को मतगणना स्थलको लाइभ हुनुपर्छ । सप्तरी-२ मा हामीले भोगिसकेका छौं, हार्न लागे पछि जसपाले भित्र नै उत्पात र दंगा मचाएर निर्वाचन बदर गराउने कसरी कोसिस गरेका थिए, प्रहरी प्रमुखको मिलेमतो थियो नै । बारा-२ मा सुवर्ण गाउँपालिकाको ४ बटा बाकसको सिल टुटेको भेटिएको छ ।’

उनले मंसिरको निर्वाचनमा सप्तरी २ मा जसपाले हार्न लागेपछि भित्र दंगा मचाएर निर्वाचन बदर गराउने कसरी कोसिस गरेका स्मरण गरेका छन् । त्यो कदममा प्रहरी प्रमुखको मिलेमतो रहेको उनको जिकिर छ ।

बारा २ मा जसपाका अध्यक्ष उपेन्द्र यादव, जनमतका शिवचन्द्र कुशवाह, एमालेका पुरुषोत्तम पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल प्रतिस्पर्धामा छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका