जोडिनुहोस
  • होमपेज
  • सुनको व्यापार गर्दा बैंकलाई ३५ करोड घाटा

सुनको व्यापार गर्दा बैंकलाई ३५ करोड घाटा

काठमाडौँ । सुनको व्यापार गर्दा वाणिज्य बैंकहरुले ३५ करोड घाटा बेहोरेका छन् । आर्थिक वर्ष २०७८/७९ मा ५ हजार ११३.७० किलो अर्थात् ४२ अर्ब ७० करोड रुपैयाँ बराबरको सुन आयात गर्दैगर्दा वाणिज्य बैंकहरुले ३५ करोड रुपैयाँ घाटा बेहोरेका हुन् ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ७ (१)(ग) बमोजिम ऐनमा व्यवस्था गरिएकोमा बाहेक बैंकले कुनै किसिमको व्यापार गर्न नपाउने व्यवस्था छ । तर, सोही ऐनको दफा ६५(१) बमोजिम बैंकले विदेशी विनिमय, सुन तथा बहुमूल्य धातु खरिद÷बिक्री गर्न सक्ने सुविधा दिएको छ ।

आफैमा विरोधावास यी दुई प्रावधानका बीच पनि सुनको खरिद बिक्री गरिरहेका बैंकहरुले आर्थिक वर्ष २०७८/७९ मा ५७ अर्ब ९४ करोड रुपैयाँ बराबरको सुनको कारोबार गरेको र उक्त कारोबारमा बैंकहरुलाई ३५ करोड रुपैयाँ (पुनरमूल्याङ्कन नोक्सानसहित) नोक्सान भएको महालेखापरीक्षकको ६०औं प्रतिवेदनले औंल्याएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका