जोडिनुहोस
  • होमपेज
  • प्रधानमन्त्री कार्यालयमा प्रमुख तीन दलका शीर्ष नेताको बैठक

प्रधानमन्त्री कार्यालयमा प्रमुख तीन दलका शीर्ष नेताको बैठक

काठमाडौं । संसदीय समितिहरुको गठन तथा टिआरसी विधेयकलगायतका विवादित विषयमा टुंगो लगाउन प्रमुख तीन दलको बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा शुरु भएको छ । बैठकमा प्रधानमन्त्रीसहित विपक्षी दलका नेता केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा सहभागी छ्न् ।

त्यस्तै कांग्रेसका प्रमुख सचेतक रमेश लेखक,एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङ,प्रमुख सचेतक पदम गिरी र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे पनि बैठकमा छन् ।

एमालेले संवैधानिक परिषदबाट प्रधान न्यायाधीश नियुक्तिको सिफारिस गर्नुअघि संसदीय सुनुवाइ विशेष समिति गठन गरिनुपर्ने भनेको छ । त्यस्तै विषयगत समितिको सभापतिमा समेत सहमतिका लागि एमालेले प्रस्ताव राखेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका