जोडिनुहोस
  • होमपेज
  • बारा २ मा शिवचन्द्र कुशवाहको अग्रता

बारा २ मा शिवचन्द्र कुशवाहको अग्रता

बारा– बारा २ को उपनिर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणाममा उपेन्द्र यादवलाई पछि पार्दै जनमत पार्टीका शिवचन्द्र कुशवाहले अग्रता लिएका छन् ।

यसअघिसम्मको मतगणनामा यादव अग्र स्थानमा थिए । पछिल्लो  मत परिणाम अनुसार कुशवाहले ६०१ मत पाएका छन् भने जनता समाजवादी पार्टीका उपेन्द्र यादवले ५७१ मत पाएका छन् ।

त्यसैगरी नेकपा एमालेका पुरुषोत्तम पौडेलले ५१०, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २३६ मत र आम जनता पार्टीका अरुण ज्ञवालीले ७६ मत प्राप्त गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका