जोडिनुहोस

एपीएफले खुमलटारलाई हरायो

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा विभागीय टोली एपीएफ क्लबले जित निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार एपीएफले एफसी खुमलटारलाई २-० गोल अन्तरले हराएको हो ।

एपीएफको जितमा अब्डोउ रमानी र अर्मान्ड बिडोमले एक एक गोल गरे । खेलको २६ औं मिनेटमा रमानीले गोल गर्दै एपीएफलाई सुरुआती अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ७० औं मिनेटमा बिडोमले गोल गर्दै एपीएफलाई २-० को जित दिलाए । एपीएफको यो पाँचौं जित हो ।

जितसँगै एपीएफले १२ खेलमा १७ अंक जोडेको छ । एपीएफ पाँचौं स्थानमा उक्लिएको छ ।

नवप्रवेशी खुमलटारको यो सातौं हार हो । खुमलटार १२ खेलमा १३ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका