जोडिनुहोस
  • होमपेज
  • निजी विद्यालमा शिक्षकलाई सरकारले तोके अनुसारको तलब दिन युनियनको माग

निजी विद्यालमा शिक्षकलाई सरकारले तोके अनुसारको तलब दिन युनियनको माग

काठमाडौं : संस्थागत विद्यालय शिक्षक युनियन (इष्टु)ले निजी लगानीका विद्यालयहरूमा कार्यरत सबै शिक्षकहरूलाई सरकारले तोके अनुसारको तलब, सेवा सुविधा प्रदान गर्न माग गरेको छ।

सोमबार इष्टुले शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री अशोक राईलाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेको हो।

इष्टुले निजी लगानीका विद्यालयहरूमा शिक्षक नियुक्ति तथा बर्खास्त निश्चित साझा मापदण्ड बनाएर मात्र गर्न माग गरेको छ।

‘शिक्षक कर्मचारीहरूलाई सेवामा प्रवेश गरेको मितिदेखि नै नियुक्तिपत्र प्रदान गर्ने व्यवस्था गरियोस्,शिक्षक कर्मचारीहरूलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा अनिवार्य सुचिकृत गराइयोस्,’ज्ञापन पत्रमा भनिएको छ।

शिक्षकहरूका पेशागत संघ/संगठन युनियनहरूसँग छलफल गरि चाडो संघीय शिक्षा ऐन जारी गर्नुपर्ने पनि इष्टुको माग छ। पत्र बुझेपछि छलफल गर्दै अगाडि बढ्ने र समस्या समाधान गर्दै जाने प्रतिबद्धता शिक्षामन्त्री राईले गरेको इष्टुका अध्यक्ष होमकुमार थापाले जानकारी दिए।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका