जोडिनुहोस
  • होमपेज
  • चितवन–२ मा रास्पा १४ सय ५० मतले अग्रस्थानमा

चितवन–२ मा रास्पा १४ सय ५० मतले अग्रस्थानमा

काठमाडौं : चितवन क्षेत्र नम्बर २ मा सम्पन्न उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले १४ सय ५० मतको अग्रता बनाएका छन्।

प्राप्त पछिल्लो मतपरिणाम अनुसार लामिछानेले ३ हजार १ सय ६६ मत प्राप्त गरेका छन्। दोस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले १ हजार ७ सय १६ र तेस्रो स्थानमा रहेका कांग्रेसका जितनारायण श्रेष्ठले १ हजार २ सय ४१ मत प्राप्त गरेका छन्।

हालसम्म इच्छाकामना गाउँपालिकाको वडा नं.१, २, ३, ४ र ५ को मतगणना सकिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका