जोडिनुहोस
  • होमपेज
  • चौथो जुम्ला–रारा प्रतियोगितामा २५० खेलाडी सहभागी

चौथो जुम्ला–रारा प्रतियोगितामा २५० खेलाडी सहभागी

जुम्ला : जुम्लामा चौथो जुम्ला–रारा अल्ट्रा म्याराथन प्रतियोगिता २५० खेलाडी सहभागी भएका छन्। रारा ४९ किलोमिटर दौड, ५ हजार मिटर र १ हजार मिटर दौड प्रतियोगिता आयोजना गरिएको हो।

४९ किलोमिटर दौडमा १२ महिलासहित ५१ जना, १ हजार मिटर दौडमा ८७ जना र ५ हजार मिटर दौडमा १०७ जना  खेलाडी गरी करिब साढे २ सय खेलाडी प्रतियोगितामा सहभागी भएका हुन्।

प्रतियोगिताको कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले उद्घाटन गरे। उनले कर्णालीको आर्थिक सामाजिक तथा पर्यटन विकासका लागि खेल क्षेत्रको प्रवर्द्धन आवश्यक रहेको बताए।

‘कर्णाली समृद्धिको आधारमध्ये एउटा पर्यटन हो र पर्यटनलाई खेलकुदले प्रवर्द्धन गर्छ‚’ उनले भने, ‘कर्णालीको पर्यटन प्रवर्द्धनमा अल्ट्रा म्याराथन कोशेढुंगा सावित हुनेछ। कर्णाली सरकार खेलकुदको प्रवर्द्धन गर्न तयार छ।’ मुख्यमन्त्री शर्माले विकास र समृद्धिका लागि खेल क्षेत्रको विकास आवश्यक रहेको बताए।

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले जुम्लाले खेलकुदमा गरेको महत्वपूर्ण योगदानको प्रशंसा गरे। जुम्ला-रारा म्याराथनलगायत अन्य खेलको प्रवर्द्धनमा टेवा पुग्ने उनको भनाई छ।

परिषदले यसै आवमा जुम्लाको पातारासीमा बन्दै गरेको हाईअल्टिच्युड ट्रेनिङ सेन्टरका लागि बजेट विनियोजन भईसकेको जानकारी उनले दिए। हरिबहादुर रोकायाले नेपाल र जुम्ला चिनाउनुका साथै आफू मात्रै नभएर धेरै खेलाडी जन्माएकोमा गौरव भएको उनले बताए।

हरेक वर्ष कर्णाली स्पोर्ट्स क्लबले अल्ट्रा-रारा म्याराथन आयोजना गर्दै आएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका