जोडिनुहोस
  • होमपेज
  • भरतपुर महानगरपालिका उत्कृष्ट स्थानीय सरकार अवार्डबाट सम्मानित

भरतपुर महानगरपालिका उत्कृष्ट स्थानीय सरकार अवार्डबाट सम्मानित

काठमाडौं– चितवनको भरतपुर महानगरपालिका उत्कृष्ट स्थानीय सरकार अवार्डबाट सम्मानित भएको छ । विश्व खबर मिडिया प्रालिको छैटौं वार्षिक उत्सवको अवसरमा भरतपुर महानगरपालिकालाई उत्कृष्ट स्थानीय सरकार अवार्डद्वारा सम्मानित गरिएको हो । 

विश्व खबर मिडिया प्रालिले हरेक वर्ष प्रदान गर्दै आएको उक्त अवार्ड यस वर्ष भरतपुरलाई प्रदान गरेको छ । कार्य सम्पादन मूल्यांकनको आधारमा दे कै पहिलो स्थानीय तहमा पहिलो भएको हो । त्यसै आधारमा भरतपुरलाई सम्मानित गरिएको हो । विकास, समृद्धि र शुसानलाई आधार मानेर हरेक वर्ष देशभरबाट उत्कृष्ट एक स्थानीय सरकारलाई सम्मानित गर्ने गरेको प्रालिका अध्यक्ष संजिवकुमार दाहालले बताए । 

अघिल्लो वर्ष उत्कृष्ट जनप्रतिनिधिको रुपमा दोलखाको सैलुङ गाउँपालिकाका अध्यक्ष भरत दुलाल र रसुवाको कालिका गाउँपालिकाका अध्यक्ष सिताकुमारी अधिकारी  सम्मानित भएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका