जोडिनुहोस
  • होमपेज
  • ‘ए’ डिभिजन लिग : तीन खेल हुँदै

‘ए’ डिभिजन लिग : तीन खेल हुँदै

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज मंगलबार तीन खेलहरु हुँदैछन् । लिगको १२ औं चरण अन्तर्गत मंगलबार तीन खेलहरु हुनेछन् । जसमा दुई खेल दशरथ रंगशाला र एक खेल एन्फा कम्प्लेक्समा हुनेछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा फ्रेन्ड्स क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ । फ्रेन्ड्स र एनआरटीबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

फ्रेन्ड्स आज चौंथो जितको योजनामा हुनेछ । फ्रेन्ड्स ११ खेलमा ११ अंक जोडेर १२ औं स्थानमा रहेको छ । एनआरटी पनि चौंथो जितको खोजीमा हुनेछ । एनआरटी ११ खेलमा १३ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।

रंगशालामा हुने दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र चर्च ब्वाइज युनाईटेडबीच प्रतिस्पर्धा हुनेछ । आर्मी र चर्च ब्वाइजबीचको खेल साँझ ६ बजे सुरु हुनेछ ।

आर्मी आज पाँचौं जित निकाल्न चाहन्छ । आर्मी ११ खेलमा १६ अंक जोडेर छैटौं स्थानमा रहेको छ । चर्च ब्वाइज पाँचौं जितकै योजनामा हुनेछ । चर्च ब्वाइज ११ खेलमा १८ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

त्यस्तै एन्फा कम्प्लेक्समा मनाङ मर्स्याङ्दी क्लब र नेपाल पुलिस क्लबबीच खेल हुनेछ । मनाङ र पुलिसबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

मनाङ पाँचौं जितको खोजीमा हुनेछ । मनाङ ११ खेलमा १५ अंक जोडेर आठौं स्थानमा रहेको छ । पुलिस दोस्रो जित निकाल्न चाहन्छ । पुलिस ११ खेलमा ६ अंक जोडेर पुछारमा रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका