जोडिनुहोस
  • होमपेज
  • बारा २ मा मतान्तर बढाउँदै उपेन्द्र यादव

बारा २ मा मतान्तर बढाउँदै उपेन्द्र यादव

काठमाडौं । बारा २ मा सत्तारुढ गठबन्धनका उम्मेदवार जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले मतान्तर बढाएको छ ।

यादवले १० हजार ४७८ मत ल्याएर अग्रता कायमै राखेका हुन् । उनलाई पछ्याइरहेका जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले ७ हजार ४० मत ल्याएका छन् । उनीहरुबीच ३ हजार ४३८ मतान्तर रहेको छ ।

यस्तै नेकपा एमालेका पुरुषोतम पौडेलले अहिलेसम्म ४हजार १४४ मत पाएर तेस्रो र राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले १हजार ८८३ मत ल्यार चौथौं स्थानमा छन् भने आम जनता पार्टीका अरुण ज्ञवालीले ५९९ मत पाएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका