जोडिनुहोस
  • होमपेज
  • बालेनले भने- सार्वजनिक ठाउँहरु खुल्ला राखौं, अफ्ठ्याराहरुमा पछुताउनु नपरोस्

बालेनले भने- सार्वजनिक ठाउँहरु खुल्ला राखौं, अफ्ठ्याराहरुमा पछुताउनु नपरोस्

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सम्भावित भवितव्य, प्राकृतिक प्रकोपका विषय तयारीमा जुट्नुपर्ने बताएका छन् । भूकम्प गएको ८ वर्षमा पुराना कुरा सम्झेर अझै पनि तयारीमा जुट्न नसकेको भन्दै मेयर साहले दुर्घटनाहरु सोचेर बस्ने, तर्सिने होइन, सुध्रिने र तयारी गर्नुपर्ने बताएका हुन् ।

प्राकृतिक विपत्तिको पूर्व तयारीका लागि अव्यवस्थित कुराहरु सकेसम्म व्यवस्थित गर्न सके र सार्वजनिक ठाउँहरु खुल्ला राख्न सके भोलिका दिनमा पछुताउन नपर्ने उल्लेख गरेका छन् ।

उनले भूकम्प गएकाे ८ वर्ष भएकाे सन्दर्भमा सामाजिक सञ्जालमा लेखेका छन्,‘हाम्रो बिर्सने बानी छ । ८ वर्ष पुरानो महाभुकम्प हामीले बिर्सिसकेका छौँ । फेरि कुनै सम्भावित भवितव्य, प्राकृतिक प्रकोपका बिषयमा हामीले तयारी गरेका नै छैनौँ । दुर्घटनाहरु सोचेर बस्ने, तर्सिने होइन, सुध्रिने र तयारी गर्नु पर्ने हो ।

अव्यवस्थित कुराहरु सकेसम्म व्यवस्थित गर्नु पर्ने हो । सार्वजनिक ठाउँहरु खुल्ला राख्नु पर्ने हो । ताकि भोलि हुन सक्ने अफ्ठ्याराहरुमा आत्तिनु नपरोस्, पछुताउनु नपरोस् । आजैदेखि सावधान बनौँ ।

काठमाण्डौ महानगरको नीति यति मात्रै हो । भोलिका लागि काठमाण्डौलाई तयार पारौँ । जे जुन कुराको लागि हो, त्यसलाई त्यसकै लागि उपयोग गरौँ । यसका लागि सबैको सहकार्य, समन्वयको आवश्यकता छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका