जोडिनुहोस
  • होमपेज
  • प्रतितोला ४०० रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको स्थिर

प्रतितोला ४०० रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको स्थिर

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघले आजको मूल्यसूची तय गर्दै हिजो सोमबारको तुलनामा मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको हो ।

यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार ५०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार रुपैयाँ कायम भएको छ । हिजो सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार १०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ८ हजार ६०० रुपैयाँ कायम थियो ।

यस्तै, आज चाँदीको मूल्य स्थिर कायम भएको छ । महासंघले हिजो सोमबारकै मूल्यमा कारोबार भइरहेको छ । यसअनुसार आज चाँदीको मूल्य तोलामा १४ सय २० रुपैयाँ कायम छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका