जोडिनुहोस
  • होमपेज
  • मे महिनाको अन्तिममा एनआरएनएको क्षेत्रीय सम्मेलन क्यानडाको टारोन्टोमा हुने

मे महिनाको अन्तिममा एनआरएनएको क्षेत्रीय सम्मेलन क्यानडाको टारोन्टोमा हुने

काठमाडौं– मे महिनाको अन्तिममा गैरआवासीय नेपाली संघ अमेरिकाज क्षेत्रीय सम्मेलन क्यानडाको टारोन्टोमा हुने भएको छ । गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद, गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, अमेरिका र ग्लोबल गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद क्यानाडाको सयुक्त आयोजनामा मे २७ र २८ मा क्षेत्रीय सम्मेलन हुन लागेको हो । सोमबार भर्चुअल पत्रकार सम्मेलनमार्फत अमेरिकाज क्षेत्रीय सम्मेलनको जानकारी दिइएको हो ।

सम्मेलनका क्षेत्रीय संयोजक कृष्ण पोखरेलले सम्मेलनमा नेपालको आर्थिक विकास र सामाजिक समृद्धिमा गैर आवासीय नेपाली संघको भूमिका भन्ने मूल विषयवस्तु अन्तर्गत गैरआवासीय नेपालीहरूको हित र सरोकारहरुसँग सम्बन्धित महत्वपूर्ण सवालहरूमा छलफल हुने जानकारी दिए । उनले भने, नेपालको विकास र सामाजिक समृद्धिमा उनीहरुको योगदानलाई प्रवर्द्धन गर्न एनआरएनको भूमिकालाई थप शसक्त र प्रभावकारी बनाउने उद्देश्य राखेको छौं ।

सम्मेलनमा नेपालको उर्जा संकट समाधानका लागि ग्रीन हाइड्रोजन उत्पादन तथा खपतः लगानीका अवसर र संभावनाहरु, नेपालको आर्थिक तथा सामाजिक विकासमा गैर आवासीय नेपालीहरूमा रहेको ज्ञान, सीप, पूँजी तथा प्रविधिको हस्तान्तरण, गैर आवासीय नेपालीहरूको लागि दोहाेरो नागरिकता कानूनको आवश्यकता र अविलम्ब कार्यान्वयनका लागि नेपाल सरकारको दायित्व, गैर आवासीय नेपाली संघको संगठनात्मक विकास र आगामी रणनीती तथा समतामूलक र सामाजिक न्यायपूर्ण समाजका लागि गैर आवासीय नेपालीहरूले खेल्नु पर्ने भूमिका सवालहरूमा छलफल र बहस केन्द्रित हुनेछ पत्रकार सम्मेलनपछि जारी विज्ञप्तिमा उल्लेख छ ।

संयोजक पोखरेलले एनआरएनएबीच बृहत्तर एकताका लागि सम्मेलन महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । त्यस्तै एनआरएनए क्यानडा अध्यक्ष अञ्जनी भट्टराईले नेपालको समृद्धिमा विदेशमा रहेका नेपालीको योगदानलाई प्रभावकारी बनाउने विषयमा सम्मेलनमा छलफल हुने बताए ।

त्यस्तै अमेरिका अध्यक्ष डा सूर्य लम्सालले सम्मेलनलाई उपलब्धिमूलक बनाउने गरी तयारी भइरहेको जनाए । ‘सम्मेलन केवल सम्मेलनका लागि मात्रै नहोस् भन्नेमा हामी सचेत छौं । उपलब्धीमूलक कसरी बनाउन सकिन्छ भन्नेमा हामी बढि केन्द्रित छौं,’ पत्रकार सम्मेलनमा उनले भने, ‘नेपाल र विदेशमा रहेका नेपालीको हीतका पक्षमा एनआरएनको भूमिकालाई प्रभावकारी बनाउनेबारे सम्मेलनमा छलफल हुनेछ ।

साथै सम्मेलनले विश्वभर स्थापित र कार्यरत गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्हरूलाई प्रभावकारीरूपमा कार्य गर्नका लागि मार्गदर्शन तथा कार्यदिशा प्रदान गर्ने विश्वास लिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका