जोडिनुहोस
  • होमपेज
  • फ्लाइ दुबईको जहाजमा चरा ठोक्किएको पुष्टि भएन : नागरिक उड्डयन प्राधिकरण

फ्लाइ दुबईको जहाजमा चरा ठोक्किएको पुष्टि भएन : नागरिक उड्डयन प्राधिकरण

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले सोमबार साँझ काठमाडौंबाट दुबईका लागि उडेको फ्लाइ दुबईको जहाजमा चरा ठोक्किएको विषय पुष्टि हुन नसकेको जनाएको छ । विमानस्थलमा तत्काल भौतिक रुपमा कर्मचारीबाट गरिएको निरीक्षणबाट यसको पुष्टि हुन नसकेको प्राधिकरणले जनाएको छ ।

यसअघि फ्लाइ दुबईले जहाजमा सम्भावित रुपमा चरा ठोक्किएको हुन सक्ने भन्दै ट्वीट गरेको थियो । प्राधिरकणले मंगलबार यसको पुष्टि हुन नसकेको जनाएको छ ।

प्राधिकरणका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार सोमबार मरेको चरा विमानस्थल, धावनमार्ग र यसको आसपास भेटिएको छैन । एउटा भँगेरो मृत भेटिएको र सो भँगेरा केही दिन अगाडि मरेर सुकिसकेको अवस्थामा रहेको उनले बताए । ‘यो हिजोको घटनाका कारण मरेको होइन’, उनले भने ।

प्राधिकरणका अनुसार एफजेड५७६ जहाजका पाइलटले असामान्य अवस्थाबारे विमानस्थललाई जानकारी गराएका थिए । त्यसपछि प्राधिकरणले सबै आपतकालीन प्रावधानहरुको प्रबन्ध गरेको थियो ।

पाइलटले जहाजलाई काठमाडौं अवतरण गराउन चाहेको अवस्थामा त्यसको तयारी गरिएको थियो । तर, पाइलटले उडान गन्तव्यतर्फ नै जारी राख्ने निर्णय लिएका थिए ।

यसबारे कम्पनीले प्राधिकरणलाई अब आफ्नोतर्फबाट रिर्पोटिङ गर्नेछ । त्यसपछि मात्र जहाजमा के भएको थियो भन्नेबारे खुल्ने प्राधिकरणको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका