जोडिनुहोस
  • होमपेज
  • दाङमा ३ वर्षयता ६२४ जनाले आत्महत्या र १५० वटा लागूऔषध मुद्दा दर्ता

दाङमा ३ वर्षयता ६२४ जनाले आत्महत्या र १५० वटा लागूऔषध मुद्दा दर्ता

दाङ : जिल्लामा प्रत्येक वर्ष लागूऔषध सम्बन्धी मुद्दाहरू बढ्दै गएका छन्। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार  तीन आर्थिक वर्षको हालसम्म १५० वटा मुद्दा दर्ता भएका छन्, भने २९९ जना व्यक्ति पक्राउ परेका छन्।  जस मध्य ०७७-७८ मा ३९ वटा मुद्दा दर्ता भएका थिए, भने सबै फर्छ्यौट  भएका छन्। जसमा ८२ जना व्यक्तिहरू लागूऔषध मुद्दामा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी वीर बहादुर ओलीले बताए।

यस्तै, ०७८- ७९ मा ५९ वटा मुद्दा दर्ता भएकोमा ५८ वटा मुद्दाहरू फर्छ्यौट  भएको उनको भनाइ छ। उनका अनुसार एक वटा मुद्दा बाँकी रहेको र ११६ जना व्यक्तिहरू पक्राउ परेका थिए।

यस्तै चालू आर्थिक वर्षको हालसम्म ५२ वटा मुद्दा दर्ता भएको र ति मध्य ३३ वटा मुद्दा दर्ता भएका छन्। १९ वटा मुद्दाहरू बाँकी रहेको र अनुसन्धान भइरहेको र  ८८ जना महिला र १३  जना पुरुष गरी १०१ जना व्यक्तिहरू पक्राउ भएको समेत उनले बताए।

२३४ ग्राम २०२ मिली ग्राम ब्राउन सुगर, १० किलो २ सय ग्राम चरेस, १२ किलो ५५० ग्राम गाँजा, १७८ वटा नाइट्रा ट्याब्लेट चालू आर्थिक वर्षमा बरामद भएको पनि उनले बताए। ३१ वटा मुद्दा अदालतमा बुझाइएको र १७ वटा मुद्दाको अनुसन्धान भइरहेको पनि उनको भनाइ छ।

६२४ जनाले गरे आत्महत्या

जिल्ला प्रहरी कार्यालय दाङले दिएको जानकारी अनुसार तीन आर्थिक वर्षको आत्महत्याका घटना घटेको देखिन्छ। जसमा तीन आर्थिक वर्षको हालसम्म ६२४ जनाले आत्महत्या गरेका छन्।  प्रहरीका अनुसार ०७७-७८ मा  २४४ वटा मुद्दा दर्ता भएकोमा १५१ वटा फर्छ्यौट भएका छन्।

९३ वटा मुद्दाहरू बाँकी रहेका छन्। जस मध्य १४४ जना पुरुष र १०१ जना महिला गरी २४५ जनाले आत्महत्या गरेका थिए।  यस्तै ०७८-७९ मा २२१ वटा मुद्दा दर्ता भएका थिए, भने सबै  मुद्दा  फर्छ्यौट  हुन बाँकी रहेको पनि उनले बताए। ७७ जना पुरुष र १४६ जना महिला गरी २२३ जनाले आत्महत्या गरेका थिए।

यस्तै चालू आर्थिक वर्षको हालसम्म १५६ वटा मुद्दाहरू दर्ता भएका  छन्, भने फर्छ्यौट  हुन बाँकी रहेका छन्। जसमा ८६ जना पुरुष र ७० जना महिला गरी १५६ जनाको मृत्यु भएको भन्दै उनले जिल्लामा प्रहरीले आत्महत्या रोकथामको लागि जनचेतना मूलक कार्यक्रम गर्दै आइरहेको पनि बताए।

जबरजस्ती करणी मुद्दा ५८ वटा

यस्तै जिल्लामा चालू आर्थिक वर्षको हालसम्म जबरजस्ती करण अन्तर्गत ५८ वटा मुद्दाहरू दर्ता भएको पनि जिल्ला प्रमुख एसपी ओलीले बताए। ति मध्य ४८ वटा मुद्दाहरू फर्छ्यौट भएको समेत उनले बताए। यस्तै १० वटा मुद्दाहरू जिप्रका लगायत ५ वटा मुद्दा चल्ने युनिटमा अनुसन्धान  भइरहेको समेत उनले बताए।

४१ वटा  कर्तव्य ज्यान१५६ सवारी ज्यान मुद्दा 

यस्तै आर्थिक वर्ष ०७७-७८ मा कर्तव्य ज्यान मुद्दा १९ वटा दर्ता भएका थिए। ०७८-७९ मा १५ वटा र चालू आर्थिक वर्षको हालसम्म ७ वटा मुद्दाहरू दर्ता भएको समेत उनले बताए। यस्तै सवारी ज्यान अन्तर्गत ०७७-७८ मा ५५ वटा मुद्दा दर्ता भएका थिए।

०७८- ७९ मा  ६७ वटा र चालू आर्थिक वर्षको हालसम्म ३४ वटा मुद्दा दर्ता  भएको पनि उनले बताए। यस्तै सवारी अन्तर्गत भवितव्य ज्यान  भएका ०७७- ७८ मा १३ वटा,  ०७८-७९ मा १९ वटा र चालू आर्थिक वर्षको अहिलेसम्म ६ वटा मुद्दा दर्ता भएका छन्।

यस्तै सवारी दुर्घटनाको संख्या १०४ वटा दुर्घटना हुँदा ४२ जना व्यक्तिको मृत्यु भएको छ, भने १५४ जना घाइते भएका छन्। यस्तै जिल्लामा ट्राफिक नियम उल्लंघन गर्ने ३३ हजार ६ सय वटा सवारी साधनलाई कारबाही गरिएको समेत उनले बताए। यस्तै २ करोड १९ लाख ४३ हजार राजश्व संकलन भएर बुझाएको समेत उनले बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका