जोडिनुहोस
  • होमपेज
  • भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको तथ्यांक संकलन कार्य सम्पन्न

भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको तथ्यांक संकलन कार्य सम्पन्न

बैतडी : जिल्लाका पाँच स्थानीय तहका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको तथ्यांक संकलन गर्ने कार्य सम्पन्न भएको छ। राष्ट्रिय भूमि आयोग, जिल्ला समिति बैतडीका अध्यक्ष धर्मसिह ऐर (कपिल) का अनुसार  पञ्चेश्वर , सुर्नया, शिवनाथ गाउँपालिका, पुर्चौंडी र पाटन नगरपालिकामा तथ्यांक संकलन कार्य सम्पन्न भएको हो।

तथ्यांक संकलन भएका यी पालिकाले लगत संकलनको काम सकेर आयोगमा तथ्यांक प्रविष्ट गरिसकेको जनाएको छ।

संकलित तथ्यांकमा पञ्चेश्वर गाउँपालिकामा २४५ भूमिहीन दलित, ६ परिवार भूमिहीन सुकुम्बासी र ३९६ परिवार अव्यवस्थित बसोबासी, सुर्नया गाउँपालिकामा ७ परिवार भूमिहीन दलित, १६ परिवार भूमिहीन सुकुम्बासी र १९ परिवार अव्यवस्थित बसोबासी,  शिवनाथ गाउँपालिकामा ४८ परिवार भूमिहीन दलित, ७ परिवार भूमिहीन सुकुम्बासी र ३४६ परिवार अव्यवस्थित बसोबासी रहेका छन्।

यस्तै पुर्चौंडी नगरपालिकामा ५७ परिवार भूमिहीन दलित, १६ परिवार भूमिहीन सुकुम्बासी र ४९ परिवार अव्यवस्थित बसोबासी, पाटन नगरपालिकामा ५७ परिवार भूमिहीन दलित, ६४ परिवार भूमिहीन सुकुम्बासी र १५१ परिवार अव्यवस्थित बसोबासी रहेका कार्यालयले जनाएको छ ।

दश स्थानीय तह रहेको बैतडीका अन्य पालिकाहरूले तथ्यांक संकलन गरेका भएपनि विवरण बुझाउन ढिलाइ गरिरहेका ऐरको भनाइ छ।

छिटो विवरण पठाउनका लागि पत्राचार गरिएको भए पनि पालिकाहरूले चाँसो  तथ्यांक पठाउन समस्या भइरहेको छ।

जिल्लाका सबै स्थानीय तहहरूलाई तथ्यांक संकलन गरिदिन पटक–पटक आग्रह गरिएको भए पनि चाँसो नदिएको ढिलाई भएको राष्ट्रिय भूमी आयोग जिल्ला समिति बैतडीका सदस्य सचिव एवं नापी कार्यालय बैतडीका प्रमुख विवेक चन्दले बताए । उनले भने, ‘दशवटै पालिकाले तथ्यांक संकलनका लागि भूमि आयोगसंग सम्झौता गरिसकेका भए पनि तथ्यांक संकलन गरेर नपठाउँदा भूमिहीन दलित,भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीको व्यवस्थापनको काममा पनि समस्या भएको छ।’

स्थानीय तहहरूले संकलन गरेको तथ्यांक इन्ट्री गरेर केन्द्रीय कार्यालय पठाइने र त्यसपछि लालपूर्जा वितरणको प्रकृया अगाडि बढ्ने राष्ट्रिय भूमि आयोग जिल्ला समिति बैतडीले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका